Share Love
  •  
  •  
  •  
  •  
  •  


छोरी हो म
मान्छे हो
खेलौना होइन
मैले लगाउने पहिरनमा मजाक उदौछां भने
मैले गरेको हरेक काममा प्रश्न गर्छन
तिमीहरु को हो र ?
मैले गरेका हरेक सफलतालाइ प्रश्न गर्ने ?
जिन्दगि न सबको हुञ्छ नि
होइन र

तै पनि हरेक भेदभाव समस्या छोरीले मात्र किन सहनु पर्ने ? किन ?
गल्ति अरुले गर्छ तर हरेक चोटी किन मात्र छोरी को गल्ति देख्ने ?
हरेक काम गर्नुभन्दा अघि नै छोरी हरुले यो काम गर्नुहुन्न किन भनिन्क्ष ?
अरु मान्छे ले के भन्छन भनेर मानिस ले नै मानिसलाइ किन डराउने गर्छन किन?

अँध्यारो हुनु भन्दा अघि घरबाट निसिकिनु हुन्न रे
छोटो कपडा लगाउनु हुन्न रे
हिजो को केटा संग थिस ?आज घर आउन किन अबेर गरिस ?
छिमेकी ले एस्तो भन्यो
छोरी हो छोरी जसरि बस
भनेर किन भनिञ्छ किन ?

वाह !! समाजको मर्जीले मेरो जिन्दगि चलिरहेक्ष
एस्तो किन ??
समाजले बनाएको नियमले मेरो सपना हरु तुक्रिरहेको छ
किन ?किन ?

किन भने
म छोरी हो?
छोरी हुनु पाप हो र?
कि अरुको घर जाने जात भएर ??
छोरी घरमा काम गर्न मात्र जन्मेको हो र ??
उनीहरु सपनालाई किन पुरा हुन दिदैनन
किन? के किन ??
यो प्रश्न को सहि उत्तर भेटेकै छैन मैले


Share Love
  •  
  •  
  •  
  •  
  •