Share Love
  •  
  •  
  •  
  •  
  •  

 वर्ष दुईहजार उन्नाइसको डिसेम्बर महिनामा
कोरोना नामको भाईरस देखियो चिनको बुहानमा।
मानिसबाट मानिस हुदैँ सुरूभो फैलिन
हजारौँ हजार वैज्ञानिकले सकेनन् बस् लिन।।  


एकदुई तिन गर्दै संसारभरमा फैलिन गो जब 
विकसित भन्ने युरोपमहादेश ठप्प भयो अब।
संक्रमित बढे दिनप्रति दिन मृत्यु दर बढ्दै गो
सङ्ख्या अधिक भैगयो अब सन्त्रास बढ्दै गो।।




न त यसले जातनै भन्यो न धर्म संस्कृति
न धनी छाड्यो न गरिब रोज्यो घटायो विकृती।
बालकदेखि बयस्क हुदैँ उमेर धेरभका
कसैलाई यस्ले छोडेन भेट्न के भोका अघाका।।


साझ पर्न नपाई डिस्को र डानस रेष्टुरेन्टजानेलाई
बहुत माया गर्दियो यसले जाडरक्सी खानेलाई।
धुम्रपान गरी फोक्सोलाई कमजोर बनाउनेहरूलाई
झन् धेरै छोयो नधोईहात मुखनाक छुनेलाई।।


वैज्ञानिकले कोसिस धेरै गर्याछन् खोपल्याउन
कोसिस धेरै गर्दैछ यसले मानवलाई सिध्याउन।
औषधि एउटै लकडाउन मात्र फैलिन नदिन
सरकार भन्छ जनतालाई वेकाममा नहिड्न।।


सानातिना ब्यापार गरि परिवार पाल्नेलाई। 
आर्थिक मन्दी भइदिँदा जीवन गाह्रो भो धान्नलाई।
नेपालमा रहेका विदेशीहरू उद्दार गरेर
लगेछन् आफ्ना जनताहरू चाटर गरेर।।

मुखैमा आको परिक्षापनि के हुने थाछैन
विद्यार्थी जीवन पाँचहिनादेखि स्कुल गाछैन।
परिवार सबै तितर वितर भेटघाट भएन
चाडपर्वहरू कुन कैले आउछन् सम्झना रहेन।।


पूर्वीय दर्शन पालन गरौँ संस्कारछ जुन् हाम्रो
बाहिरबाट घरआएपछि सरसफाई होस् राम्रो।
प्रोटिनयुक्त स्वस्थकर भोजन दिनचर्या नियमित
योगध्यान गरौँ रमाइलो भरौँ नबनौँ भयभित।।


आतंकित होइन सचेत रहौँ आत्मबलबढाई
मानवजनले जित्नेछ एकदिन कोभिडको लडाई
भिडभाडमा नजाउ झोलझाल खाउ घरैमा बसेर
आफूलाई ब्यस्त राखौन सबले सिर्जना गरेर।।

— Anusha Ghimire


Share Love
  •  
  •  
  •  
  •  
  •