Share Love
  •  
  •  
  •  
  •  
  •  

 

 

हो, मैले उसलाई  माया  गरे
उसको सुन्दरता देखेर प्रेम प्रस्ताव राखे
घरि घरि पछि लागि दिक्क बनाए
अनि तिरस्कार खप्न नसकेर रिसको
आगोमा बल्न थाले
आफ्नो माया देखाऊन एसिड छ्यापिदिए
हो,
मैले उसलाई माया गरे ।।।

 

 

 

 

आफु जस्तो कोइ छैन भन्ने पो ठानी
छैन मेरो अस्वीकृत भएको सहने बानी
आखिर एउटी महिला त हो,
हुन्छे जहील्यै म, पुरुषभन्दा सानी
होस् कुनै साधारण नारी या कुनै देशकै रानी
त्यसलाई त्यसको स्थान देखाईदिए
तर,
हो मैले उसलाई माया गरे ।।।

 

 

 

 

 

सगरमाथा भन्दा विशाल भएको उसको घमण्ड,
सुन्दरताको घमण्ड मैले तोडिदिए
प्रगतिको सिखरतिर लम्केका उसका पाइला,
कलिला पाइला, मैले रोकिदिए
उ मुस्कूरौदा सुर्य समेत मुस्कुराइदिने
उसको मुस्कान छिनिदिये
उ खुशी भएर नाच्दा आकाशका चम्किला
तारा र चन्द्रमा समेत रमाउने खुशी जलाइदिए

 

 

 

के साच्चै उसलाई मैले माया गरे ?

अनमोल छेत्री


Share Love
  •  
  •  
  •  
  •  
  •