Share Love
  •  
  •  
  •  
  •  
  •  

२ नं का विद्यार्थिहरुको लागिः


२ नं का अर्थात Basics ठिकै भएका तर छात्रवृत्तिमा नाम निकालेर पढ्न चहाने विद्यार्थिहरु।
तपाईँहरुलाई म ईन्सटिच्युट गएर नै Basics strong गराउने सल्लाह दिन्छु किनकी तपाईँहरु अहिले लगभग १००० तिरको rank मा पर्नुहुन्छ र तपाईँ भन्दा केही न केही जान्ने साथिहरु जो २०० तिरको rank मा परिरहेका छन्, तिनिहरुसँग पनि तपाईँलाई प्रवेश परिक्षामा भिड्नु छ।
यदि ईन्सटिच्युट नजाने निर्णय गरिसक्नु भएको छ र घरमै स्वःअध्ययन सुरु गरिसक्नु भएको छ भने पनि ठिक छ तर, आफ्नो परिश्रमको दियो निभ्न नदिनुहोस्। बुझ्नुस्, तपाईँ ति Basics strong भएका विद्यार्थिहरु भन्दा केही तल हुनुहुन्छ, यसलाई जित्ने एउटै उपाय छ, त्यो हो तपाईँको ईच्छाशक्ति। यदि तपाईँको ईच्छाशक्ति मजबुत छ भने तपाईँलाई माथि पुग्न केही समय लाग्दैन।


यो समयमा तपाईँको लडाई तपाईँ सँग मात्रै हो। हरेक पटकको शनिबारको परिक्षा नबिराई दिनुस् र हरेक पटक तपाईँको स्कोर बढ्नुपर्छ। अघिल्लो शनिबारको तपाईँ र अहिलेको शनिबारको तपाईँमा केही भिन्नता पाउन सक्नुभएन भने बुझ्नुस्, यो हप्ता मैले यत्तिकै बिताएछु। बहाना बनाएर परिक्षा दिनुहुन्न र मार्कस कम आउनुमा कुनै बहाना तेर्साएर आफ्नो चित्त बुझाउनु हुन्छ भने बुझ्नुस् पढाई बिग्रिँदै छ र म ईन्ट्रान्सको ट्रयाकमा छैन। हरेक शनिबारको परिक्षामा आफ्नो मुल्यांकन अघिल्लो शनिबारको परिक्षाबाट गर्नुहोस्। तपाईँहरु यो समयमा स्कोर गर्न कता चुक्नुहुन्छ भने धरान मोडेलमा अहिले सोधिने प्रश्नहरु मध्य १०-२० वटा प्रश्नहरु Question bank बाट सोधिएको हुन्छ। अनि तपाईँलाई यति त थाहा हुन्छ तर, आफ्नो बुद्धिमा के भनेर चलाउनुहुन्छ भने पहिला सबै पढेर सक्छु अनि मात्रै पुराना प्रश्नहरु पढ्छु।
यो धारणा एकदमै गलत हुन्छ। यसको लागि एउटा सामान्य medical (MBBS) को उदाहरण दिन्छु। MBBS first year मा pathology को लागि Robbins Pathology भन्ने बुक पढ्नुपर्छ। अनि क्लासमा सरहरुले पढाउँदै जाँदा विद्यार्थिले प्रथम वर्षको टपिकहरु थाहा पाउँदै जान्छ र घरमा गएर त्यही बुक पल्टाउँदै जान्छ। यदी विद्यार्थिले त्यो बुक सबै पढ्छु भनेर सुरु गर्यो भने न केही पढ्छ, न केही स्कोर गर्छ; ज्ञान त बढ्ला। उसलाई के थाहा हुँदैन भने त्यो बुक त पुरै पाँच वर्ष पढ्नुपर्छ। अझ MBBS सकेपछी पनि पढ्नुपर्छ। ईन्ट्रान्समा हाम्रो काम भनेको राम्रो स्कोर गर्नु हो, न कि ज्ञान बढाउनु हो। हो, ज्ञान बढाउनु राम्रो त हो, तर हाम्रो अहिलेको लक्ष्य के हो जान्नु पर्छ। ज्ञानको लागि त जति पनि पढ्न सकिन्छ।
त्यसैले राम्रो स्कोर गर्नको लागि syllabus र question pattern सुरु बाटै थाहा हुनुपर्छ। जसले गर्दा पढ्न त पढ्ने कति, अनि कस्तो पढ्ने भन्ने ज्ञान हुन्छ। Syllabus मा Biotechnology त छ, तर छ भनेर ईन्डियन लेखकको बुकमा भएको सबै पढ्ने? ईन्डियामा Biotechnology बाट धेरै सोध्छ, Biotechnology मा कसैले मास्टर्स गर्दै होलान्, नेपालमा एकदमै कम सोध्छ, तर एकदमै कम भनेको के हो त? जान्नको लागि पुराना प्रश्नहरुमा ध्यानदृष्टि हुन पर्छ।
तसर्थ, दिनको कम्तिमा ४ घण्टा पुराना प्रश्न केलाउन समय दिनुहोस् अनि तिनिहरुसँग सम्बन्धित तपाईँलाई नआउने टपिक पढ्दै जानुस्। चाँडै सिध्याउँछु भनेर पुराण पढेजस्तो नपढ्नुस्। पढ्ने भनेको ज्ञान लिएर पढ्ने हो कम्तिमा आफँलाई चाहिने टपिकमा। प्रश्नसँग सम्बन्धित सबै ज्ञान लिनुस्। एक दिनमा एउटा सेट मात्रै गर्नुहोस्। मैले धरानको परिक्षा दिने हो त्यही भएर धरानको मात्रै पढ्छु, IOM/KU को पछि पढ्छु नभन्नुस्। तिनवटैलाई balance गरेर पढ्दै जानु्स; alternate गरे गज्जब हुन्छ। यति गर्दा हरेक हप्ताको परिक्षामा तपाईँले आफ्नो स्कोर बढाउँदै जानुहुन्छ र हौसला बढ्दै जान्छ। अनि शनिबारको परिक्षाको दिन त्यो दिन बिग्रेको प्रश्नहरु र त्यससँग सम्बन्धित ज्ञान मात्रै लिनुस्। शनिबारको छुट्टै कपि बनाउनुस् र हरेक शनिबार त्यो कपिलाई रिभाइज गर्नुस्। चार-पाँच चोटी पढिसकेको टपिकलाई पुराँण जसरी पढे पनि हुन्छ तर, पढ्न छाड्न पाईँदैन तपाईँको entrance नआँदासम्म किनकी त्यही नै प्रश्नहरु तपाईँलाई नआउने ज्ञानको भण्डार हुनेछ। entrance आँउदासम्म ति टपिकलाई लगभग ४०-५० चोटि पढिसक्नु भएको हुन्छ अनि तपाईँले रहर गरेर पनि बिगार्न सक्नुहुन्न जुन तपाईँको महत्तवपूर्ण सम्पत्ति हुनेछ।
दिनको बाँकी समय २-२ घण्टा PCBZ पढ्नुस्, modules नै पढ्नुस्। Biology मा questions practice गर्न मन लाग्छ बने मात्रै ईन्डियन बुक पढ्नुस् किनकी त्यसमा हुने theory धेरै नै vast हुन्छ। दिनमा २-२ घण्टा PCBZ पढ्दा साथीहरुको एउटा ग्रुप बनाएर पढ्दा पनि फाईदा हुन्छ, library बस्दा पनि हुन्छ। घरमा एक्लै बसेर पढ्न मन लाग्छ भने बिच-बिचमा ब्रेक लिएर मोटिभेसन भिडियोहरु अथवा कुनै मरोञ्जनातमक भिडियोहरु हेर्नुस् ताकि तपाईँलाई बोर नलागोस्। यदि ईन्सटिच्युट जानुहुन्छ भने १-१ घण्टा घरमा पढ्नुभयो भने पनि पुग्छ तर ईन्सटिच्युटको क्लास नछुटाउनुस्।
यसो गर्दा एकतिरबाट तपाईँले पुराना प्रश्नहरुबाट पनि कोर्स सिध्याउँदै जानुहुन्छ अनि मेन पढाईबाट पनि कोर्स सिध्याउनुहुन्छ। अनि पढाईले मुर्त रुप लिएर जान्ने साथिहरुको तुलनामा पुग्नुहुन्छ, बस मिहिनेत गर्न नछोड्नुहोस्।
साथिहरु म भन्दा जान्ने छन् भनेर नआत्तिनुस्, किनकी जान्नेको नाम निस्किने ग्यारेन्टि छैन तर निरन्तर पढ्नेको नाम निस्किने ग्यारेन्टि हुन्छ।

डा. भगवान कोईरालाले धेरै ठाउँमा भन्ने एउटा उदाहरण छ। धाराबाट खस्ने पानीले भुईँमा भएको चट्टानलाई केही गर्न सक्छ? सक्दैन, सामान्य रुपमा। तर, पानी पधेँरो तिरको भुईँमा ठ्याक्कै पानी पर्ने ठाँउमा सानो नै भएपनि खाल्डो हुन्छ कसरी? निरन्तर खस्यो भने पानीले पनि आफ्नो अस्तित्व देखाउने रैछ। त्यस्तै निरन्तर पढियो भने नाम निस्किने सम्भावना धेरै हुन्छ। त्यसैलै थोरै नै भएपनि निरन्तर पढ्नुस्, तर पढ्नुस्। अति नै महत्तवपूर्ण काम पर्यो भने पढ्ने समय घटाउनुस्, तर पढ्नुस्, हरेक दिन कुनै बाहाना बिना पढ्नुस्।

एक दिन एउटा विषय, अर्को दिन अर्को नगर्नुस्। हरेक दिन हरेक विषय पढ्नुस्। हरेक दिन पुराना प्रश्नहरु खेलाउन सिक्नुस्।
धेरै गाह्रो कुरा नपढ्नुस्, किनकी परिक्षामा सोध्ने र धेरैले बिगार्ने सजिलो प्रश्न नै हो। मैलै आफैँले KU को एक वर्षको प्रवेश परिक्षामा BHC को molecular formula (जसलाई म अति नै सजिलो प्रश्न मान्छु) बिगारेर zero (0) मार्क्सले नाम ननिस्किनेको लिस्टमा परेको छु र त्यो प्रश्न अहिलेसम्म याद गर्छु।
परिक्षा हलबाट बाहिर निस्किँदै गर्दा मलाई यो आउँथ्यो, बिगारेँ भन्नेलाई एउटै सुझाब दिन्छु। त्यो तपाईँलाई नआउने रैछ, फेरी पढ्नुहोस्। पढाई यस्तो गर्नुपर्छ कि राति निन्द्रामा कसैले उठाएर histamine is secreted by भन्ने बित्तिकै mast cells भन्न सक्नुपर्छ। कुनै प्रश्न झुक्किएर बिग्रिँदै नबिग्रिने हैन तर त्यसको न्युनिकरण धेरै चोटि पढेर मात्रै गर्न सकिन्छ। जस्तो कि ११-१२ को Physics को practicalमा धेरै observations लिएर तिनिहरुको mean लिइन्छ नि, किन? error कम गर्न, हैन त?

अन्तमा, दिनको २-२ घण्टा PCBZ पढ्नुस् अनि हरेक दिन बिहान उठ्ने बित्तिकै ४ घण्टा पुराना प्रश्नहरु गर्नुहोस्। एकदिनमा हरेक विषयको एउटा टपिक अनि पुराना प्रश्नहरुको एउटा सेट गर्नुहोस्। तर बुझेर, टिपेर, लेखेर पढ्नुहोस्। यति गर्दा ईन्ट्रान्स आउँदासम्म तपाईँले कोर्सलाई ३ चोटी सम्म रिभाईज गरिसक्नुहुन्छ अनि नाम तपाईँको ननिस्केर कसको निस्किन्छ त?

Disclaimer: This post is totally my personal views regarding the medical entrance preparing learning skills. I don’t mean to demoralize and discriminate them in any kind of levels, whatsoever, in any way, to any kind of students. I do not guarantee 100% success by this way. You can have your own opinions, views and ideas about learning skills.

–Madhav Bhusal

PS – This post was taken from a Facebook Group called Complete Solution.
It’s a must join group for all the medical aspirants.


Share Love
  •  
  •  
  •  
  •  
  •