Share Love
  •  
  •  
  •  
  •  
  •  

३ नं का विद्यार्थिहरु जसको Basics ठिकै भएका अनि राम्रो स्कोर गरेर राम्रो कलेजमा डोनेसनमा पढ्न चहान्छन्।


डोनेसनमै पढ्न चहानु हुन्छ भने तपाईँहरुलाई एउटै कुरा भन्छु, तपाईँहरुको लागि जम्मा दुईवटा बुक छन् मार्केटमा, एउटा Complete Solution अर्को BPKIHS Explorer। अरु सबै बुक तपाईँहरुको लागि reference book हुन्। यो सुन्दा biased भएर लेख्यो कि भन्ने पनि लाग्न सक्छ। म सम्झाउँछु, एकदम सिदा छ फण्डा। ‌‍+2 पढ्दा पास गर्नको लागि के गर्नु हुन्थ्यो, सिम्पल थियो, पुराना परिक्षाहरुमा सोधेको प्रश्नहरुको उत्तर मात्रै पढे पुग्थ्यो। दुनियामा यस्तो कुनै परिक्षा छैन जुन पुराना प्रश्नहरु पढेर पास नभईयोस्। पास हुने मात्रै हैन, राम्रो स्कोर पनि गर्न सकिने कुरा म स्पष्टसँग दिन्छु।

मसँग Complete Solution मात्रै पढेर MOE को प्रवेश परिक्षा (जुन पहिले पहिले हुन्थ्यो) मा नाम निकालेको उदाहरण छ, जसको नाम चाँही यहाँ भन्न मिल्दैन। यति मात्रै भन्न खोजेको कि राम्रो स्कोर ल्याएर डोनेसनमा पढ्न चहानु हुन्छ भने सब कुरा छाड्दिनुहोस्, हातमा र साथमा Complete Solution र BPKIHS Explorer राख्नुस्। बिहान पनि यहि, साँझ पनि यहिँ पढ्नुस्, अनि यहाँ भएका प्रश्नहरुको उत्तर बुझ्नुभएन भने मात्रै Modules हेर्नुस्; concept clear हुन्छ।


सक्नुहुन्छ भने बस्नको लागि मात्रै भएपनि NAME को क्लास लिनुस्। अनि घरमा जतिखेर पढ्न बस्नु हुन्छ Complete Solution लिनुस्। एकदिनमा एउटा सेट सक्नुस्; सक्नुस भनेको Question-answer हैन, त्यो प्रश्न सँग सम्बन्धित concept modules बाट लिनुस्, धेरै हैन। दिनमा एउटा सेट सक्नुभयो भने Complete Solution ४० दिनमा सक्नुहुन्छ। ४० दिनमा तपाईँको स्कोर NAME को शनिबारको परिक्षामा हेर्नुस्। ढङ्गले नियममा बसेर, बुझ्दै, ज्ञान लिएर पढ्नु भएको छ भने तपाईँको स्कोर कम्तिमा पनि ६०% को हारा-हारीमा हुन्छ। यसको चाँही म ग्यारेन्टी नै दिन्छु।
NAME को classes पनि किन भनेको भन्दा धेरै नभएपनि क्लासमा बसेपछि पढ्ने नियम रहन्छ अनि सरहरुले भन्नुभएको केही नभएपनि एक दिनमा ४ वटा टिप्स याद गर्नुभयो भने एक दिनमा ४ वटा क्लासबाट १६ वटा टिप्स याद हुन्छ, अनि ६ महिनामा केही नभएपनि २०००-२५०० वटा प्रश्नहरुको टिप्स सिक्नुहुन्छ। त्यही प्रश्न सोधिन सक्छ अनि १० वटा प्रश्न पनि त्यहाँबाट मिलाउनुभयो भने तपाईँको स्कोर धेरै माथि पुग्छ।
अनि NAME जाने गर्नुभयो भने साथि-भाईहरु, आफन्तको सङ्गतमा गरिने घुमघाम धेरै हदसम्म कम हुन्छ जसले पढाईमा धेरै नै माथि पुगिन्छ।

यसरी पढ्नुभयो र sincere भएर पढ्नुभयो भने Complete Solution परिक्षा आउँदासम्म कम्तिमा पनि ५ चोटि पढेर सक्नुहुन्छ, चप्पा-चप्पा पढेर सक्नुहुन्छ, confidence पनि बढ्छ। यति भन्छु उठ्नुस्, उठ्ने बित्तिकै Complete Solution समात्नुस्, मोटो छ भनेर नआत्तिनुस्, पढ्नको लागि पनि टन्नै टाइम छ, एक दिनमा जम्मा एउटा सेट गर्नुछ। एकै दिनमा धेरै सेट पढेर पुराँण चाहीँ नबनाउनुस्। सक्नको लागि सक्न लाग्नु भयो भने केही पनि हुँदैन। आनन्दले एउटा सेट पढ्नुस्, पछाडी solution मा लेखेको पढ्न गाह्रो लाग्यो भने Modules बाट पढ्नुस्। बुझ्नुस्, अरु सबै बुकहरु तपाईँहरुको लागि reference हुन्। तर, दिनमा यति घण्टा पढ्नुस् भनेर तपाईँलाई नियममा म बाँध्दिन, राम्रोसँग एकदिनमा पुरा टाईम दिएर सक्नुस् अनि सबै कुरा भने जस्तो छ भने NAME पनि जानुस्।

म Medical entrance को धेरै बुकहरुको writer र editor पनि हो, धेरै संस्थाहरु Medical entrance का विद्यार्थिहरुलाई पनि पढाउँछु। एउटा कुरा स्पष्ट भन्दिन्छु, मैले (सबैले) के पढाउने र के लेख्ने भन्ने कुरा पुराना प्रश्नहरु के छन् भन्नेमा निर्भर हुन्छ। नत्र त पढाउन त जति नि सकिन्छ, लेख्न त जे पनि सकिन्छ; बुक दोब्बर मोटो बनाउन सकिन्छ। हामीलाई हाम्रो boundary के हुने भनेर पुराना प्रश्नहरुले सिकाउँछन्।|



यसो सम्झिनुस् त, सरहरुले पढाउँदा Endocrine system, Skeletal system लाई जति फोकस गरेर पढाउनु हुन्छ, त्यति महत्त्व Reproductive system किन दिनुहुन्न? किनकी त्यसबाट खास्सै प्रश्न सोद्धैन, तर नसोद्धने चाहीँ हैन। भनेको सबै पढ्ने, पढाउने पुराना प्रश्नहरुको सेरोफेरोमा घुमेको हुन्छ। पढ्दा पनि यसबाट त पक्का सोध्छ भनेर पढिन्छ, यसबाट त सोद्धैन भनेर छाडिन्छ। Fruits बाट खास्सै सोद्धैन भनेर खास्सै हेरिन्न, Inflorescence बाट सोधिन्छ भनेर mnemonics नै बनाएर पढिन्छ।
त्यसोभए पढ्ने, पढाउने नै पुराना प्रश्नहरुको सेरोफेरोमा नै हो भने त्यसको Primary Source बाट नै किन नपढ्ने त?

Sincere भएर Complete solution पढ्नुभयो भने म प्रवेश परिक्षामा ७०% आउने कुरा ग्यारेन्टी नै गर्छु। मलाई Medical entrance मा एउटा बुक पढ्न पर्यो भने कुन पढ्ने भनेर कसै (जो कोही) ले सोध्छ भनेर म ढुक्क सँग केही नसोँचि Complete solution नै भन्छु।

यसमा मेरो केही Conflict of interest छ भन्ने पनि लाग्न सक्छ, त्यस्तो हैन मैले भने पनि नभने पनि Complete solution Nirvana Publication को Most loved and Highest selling बुक हो। यो चाहीँ यथार्थ नै हो, किन त? कारण स्पष्ट छ, यो भनेको Jackpot हो। कसैले दुःख गरेर पुराना प्रश्नहरु जम्मा गरेर उत्तर लेखेर राख्देको छ, तपाईँहरुले सजिलो गरि पढ्न पाउनु भएको छ। यसो सोच्नुस् त, प्रश्न बाहिर ननिस्किने यस्ता परिक्षाका प्रश्नहरु यसरी नआएको भए कस्तो अन्धकारमा पढ्नु पर्थ्यो, हिलोमा माछा मार्नु पर्थ्यो।

Disclaimer: This post is totally my personal views regarding the medical entrance preparing learning skills. I don’t mean to demoralize and discriminate them in any kind of levels, whatsoever, in any way, to any kind of students. This is not a hard and fast rule for passing the exams. You can have your own opinions, views and ideas about learning skills.

–Madhav Bhusal

PS – This post was taken from a Facebook Group called Complete Solution.
It’s a must join group for all the medical aspirants.


Share Love
  •  
  •  
  •  
  •  
  •