An Elderly Citizen
Credit : https://www.instagram.com/rozway.regmi/

मलाई टाढा जानु छ
छ र कुनै टाढा ठाउँ
खै कता होला
जहाँ म बेमातलब सास फेर्न सक्छु
जहाँ अपरिचित मान्छेहरू भेटियोस्
जहाँ कसैलाई पनि मेरो अतीतको एक सेकेण्ड पनि थाहा नहोस्
भविष्य त म आफैंलाई थाहा छैन

मलाई टाढाको ठाउँमा तिमीलाई
बोलाउन मन छ
मन छ तिमीलाई बिदा गर्न
सधैंका लागि म बाट
म चाहन्छु मेरो मुटु एकचोटि पखलियोस्
मेरो स्मरण हरायोस् मलाई
थाहा होस् म ‘म’ मात्र हो

मामा कसैको मपाईं छैन
न मेरो कुनै जात होस्
न मेरो कुनै धर्म होस्
न मेरो कुनै देश होस्
न त मेरो कुनै राष्ट्रियता होस्

ममा मेरा आफ्नै कानुन लागुन्
कागजका कानुन म बिर्सिदिउँ
म भित्रको अदालत तिम्रो सर्वोच्च
अदालत भन्दा पनि ठूलो छ
आजसम्म म आफैंले न्याय पाएको छैन
त्यसैले त मलाई टाढा जानु छ
जहाँ न रात, न दिन,न कसैको साथ
म त हरदम आफ्नै एउटा घात।

आफ्नै एउटा घात।।
आफ्नै एउटा घात।।।

— Rupa Akauliya