Share Love
  •  
  •  
  •  
  •  
  •  

नागबेली झै केश,
जुनेलि रात झै चम्किलो मुहार,
सागर झै गहिरा आँखा,
अनि कर्कलाका पातमा टिलपिल टिलपिल सितका थाेपा जस्तै ओठ। 

आहा! कत्ति सुन्दर अनि कत्ति मनमाेहक। 

मनका कुना कुनामा लुकाउँ जस्तै लाग्ने,
मुहार हेर्दा मात्र पनि भाेक प्यास सबै भाग्ने,
एक स्पर्श मात्रले पनि भावनाका सबै बाेटभरि खुसिमात्र जाग्ने।

आहा! कत्ति सुन्दर अनि कत्ति मनमाेहक।

असार मासकाे झरि मन पर्दैन थियाे,मलाई 
आज, तिमीलाई सम्झदा मात्र पनि थाेपा थाेपा सँग रुझ्न मन लाग्छ,

बसन्तकाे बतास मन पर्दैन थियाे,
“मलाई आज, तिमीलाई हेर्दा मात्र पनि, त्यहि बतास सगँ उड्न मन लाग्छ।


आहा! कत्ति सुन्दर अनि कत्ति मनमाेहक।
तिम्रै हासाेमा हराउँ लाग्छ,
तिम्रै बाेलिमा डराउँ लाग्छ,
आफ्ना सबै सबै केवल 
तिम्रै अधीन गराउँ लाग्छ।

साचे याे मन,तिम्रै हातमा,
खाए कसम,बिताउने बाकि जीवन तिम्रै साथमा,
साथ छाेडि कहिल्यै नजानु है,
दुःख अनि अधेरि रातमा।

Ganesh Kc


Share Love
  •  
  •  
  •  
  •  
  •